नियम २८
प्रवेशद्वारमा सूचना पाटी तथा गुनासो पेटिका राख्नु पर्ने
(१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलको प्रवेशद्वारमा नेपाली तथा अंग्रेजी भाषामा देहायका कुरा उल्लेख गरी सूचना पाटी राख्नु पर्नेछ ः-
(क) इजाजतपत्र प्राप्त कम्पनीको पूरा नाम र इजाजतपत्र नम्बर,
(ख) क्यासिनो खुल्ने र बन्द हुने समय,
(ग) क्यासिनोमा प्रवेश निषेध गरिएको व्यक्तिको विवरण,
(घ) खेलाडीलाई आवश्यक पर्ने अन्य जानकारी ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलको प्रवेशद्वारमा गुनासो
पेटिका राख्नु पर्नेछ ।